Tuesday, February 9, 2016


दक्षिण अमेरिकी देशहरूमा यतिबेला जिका भाइरस फैलिएका कारण त्यहाँका नागरिकहरूलाई यसबाट सचेत रहन आग्रह गरिएको छ । हालसम्म ल्याटिन अमेरिकाका २० भन्दा बढी देशका हजारौं नवजात शिशुमा जिका भाइरसको संक्रमण भैसकेको बताइन्छ । उक्त भाइरसले कोखभित्रको भ्रूणमाथि आक्रमण गर्ने र जन्मिएको शिशुमा अपांगतालगायतका गम्भीर स्वास्थ्य समस्या देखा पर्ने बताइन्छ । यसले गर्भावस्थ शिशुको मस्तिष्कको विकास रोकिदिन्छ । संक्रमित शिशुको टाउकाको आकार अस्वभाविक रुपमा सानो वा ठूलो हुनुका साथै सुस्त मनस्थितिका हुन्छन् र उनीहरूको ज्यानै जाने सम्भावना पनि हुन्छ । त्यसैले चिकित्सकहरूले जिका भाइरसबाट संक्रमित महिलाहरूलाई शिशु नजन्माउन सुझाव दिएका छन् भने गर्भवतीहरूलाई गर्भ तुहाउन सुझाव दिइएको छ ।

पहिलो पटक सन् १९४७ मा जिका भाइरस युगान्डाको भिक्टोरिया तालनजिकैको जिका जंगलको एउटा बाँदरमा पाइएको थियो । नाइजेरियामा सन् १९५४ मा यो रोग पहिलोपटक मानिसमा फेला पारियो । त्यसपछि यो अफ्रिका, दक्षिणपूर्वी एसिया तथा प्यासिफिक आइल्यान्डका विभिन्न क्षेत्रमा पाइएको थियो । पछिल्लो पटक ब्राजिलमा सन् २०१५ को मे महिनामा पहिलो पटक जिकाको लक्षण देखिएको थियो । अहिले दक्षिण अमेरिकाकी देशहरूमा यसले महामारीको रूप लिएको छ । 

ब्राजिलले यसै वर्ष अगस्टमा रियो द जेनेरियोमा ओलम्पिकको आयोजना गर्दैछ । त्यसैले त्यतिबेलासम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेन भने यसले ओलम्पिक आयोजनालाई नै प्रभावित तुल्याउने अनुमान गरिएको छ । 

के हो जिका भाइरस ?

जिका एडिस एजिप्टाई नामक पोथी लामखट्टेको टोकाइबाट सर्ने भाइरस हो । जिकाबाट संक्रमित लामखुट्टेले टोकेको अवस्थामा यो भाइरस मानिसमा प्रवेश गर्छ । जिका भाइरस संक्रमित मानिसको वीर्यमा समेत सक्रिय हुने भएकाले यौनसम्पर्कबाट पनि यो भाइरस सर्ने जोखिम हुन्छ । 

जिकाका लक्षणहरू

जिका भाइरसबाट पीडित केही व्यक्तिमा खटिरा र ज्वरोको समस्या देखिन सक्छ, तर प्राय: मानिसमा कुनै पनि संक्रमण देखिँदैन । जिका भाइरसका कारण मानिसको ज्यानै जाने खतरा भने न्यून मानिन्छ । यसको प्रत्यक्ष लक्षण केही पनि देखिँदैन । संक्रमित ५ मध्ये एक जनामा मात्र यसको लक्षण देखिने हुँदा जिका भाइरसलाई खतरनाक मानिएको हो । जिका भाइरसले संक्रमण गरे सामान्य ज्वरो आउने, आँखा दुख्ने र रातो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने र खटिरा आउने जस्ता लक्षण देखिन्छन् । 

जिकाको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । जिका भाइरस संक्रमणका लागि लामखुट्टेले टोक्नै पर्छ भन्ने पनि छैन । लामखुट्टेले अण्डा पारेको फोहर पानी प्रयोग गर्दा समेत जिका भाइरस सर्न सक्छ । त्यसैले यसबाट जोगिन स्पष्ट उपाय भनेको सफा पानीको प्रयोग र लामखुट्टेको टोकाइबाट बच्नु हो । 
विश्व स्वास्थ्य संगठनले जिका भाइरस पनि इबोलाजस्तै विश्वव्यापी रूपमा फैलने सम्भावना देखेर त्यसका लागि आवश्यक व्यवस्था गर्ने प्रयास गर्दैछ । विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसका कारण अहिले ब्राजिलमा मात्र झन्डै १५ लाख मानिस संक्रमित छन् । 

उपचार छैन

अहिलेसम्म यो रोगको उपचार पत्ता लागेको छैन । कुनै इन्जेक्सन वा औषधिको सेवनले यो रोग हट्दैन । त्यसैले बिरामीहरूलाई आराम गर्न र पर्याप्त मात्रामा झोल पिउन सुझाव दिइएको छ । सबैभन्दा ठूलो चिन्ता गर्भाशयमा हुर्किरहेका शिशुलाई लिएर छ, किनभने यो रोगको असरपछि उनीहरूको मस्तिष्कको विकास हँुदैन र टाउको सानो हुन्छ । सानो टाउकोसहित जन्मने त्यस्ता बालबालिकाको मस्तिष्कले जीवनभर राम्रोसँग काम गर्दैन । त्यसैकारण बाँचेका शिशुहरू पनि जीवनभर बौद्धिक अपांग हुन्छन् र उनीहरूको शारीरिक विकास नै सुस्त हुन्छ । 

यसको संक्रमणपछि स्वस्थ्य जन्मने शिशुहरू पनि सानो टाउको भएको अवस्थामा जन्मन्छन् । ब्राजिलमा सन् २०१४ मा पूरै एक वर्षभर १ सय ५० जनामा मात्र यस्तो समस्या देखिएको थियो । जिका भाइरसको संक्रमण बढेपछि गत अक्टोबरपछि जन्मिएका झन्डै ३५ हजारभन्दा बढी शिशुमा यस्तो समस्या देखिएको छ । सानो टाउको लिएर जन्मिएका शिशुमध्ये ज्यान गुमाउनेहरूको मस्तिष्कमा जिका भाइरस भेटिएको छ ।

के गर्ने ?

जिका भाइरसको उपचार नभएका कारण यसबाट जोगिने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो ।
 
यसबाट बच्न स्वास्थ्यकर्मीहरूले यस्तो सुझाव दिएका छन् :
    लामखुट्टे भगाउने औषधी प्रयोग गर्ने
    लामो कपडा लगाउने र शरीर पूरै ढाक्ने
    घरको ढोका र झ्याल बन्द गर्ने ।

नेपालमा सचेतता

जिका भाइरसको संक्रमणसँगै नेपालमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित देशमा रहेका नेपाली महिलालाई फर्कन आग्रह गरेको छ । महाशाखाले ती देशमा बसोबास गर्ने अन्य नेपाली महिलालाई तत्काल गर्भ नबोक्नेसमेत सुझाव दिएको छ । 


दीपिका पादुकोणसँग यति बेला पुन: रणवीर कपुरले जोडी बाँध्ने भएका छन् । गर्लफ्रेन्ड कट्रिनासँगको रिलेसन ब्रेकअप गरेका रणवीर दीपिकासँग रियलमा नभई रिलमा जोडी बाँध्न लागेका हुन् । त्यसो त लगातार फ्लप फिल्म दिएर करिअर ध्वस्त भएका रणवीरलाई पूर्वप्रेमिका दीपिकासँगकै ‘तमाशा’ जोडीले ब्युँताउने काम गरेको थियो । यिनै दुईको फिल्म ‘ए जवानी है दिवानी’ ले पनि व्यावसायिक सफलता हात पारेको थियो ।
बलिउडमा एकपछि अर्को सफलता चुमिरहेकी दीपिकाको रणवीरसँग ब्रेकअप भएपछि अर्का रणवीर सिंहले रिलेसनमा चान्स मारेका थिए । त्यसपछि उनलाई पनि दीपिका लक्की चार्म सावित भइरहेकी छन् । कुनै बेला नायकसँग जोडिएर काम गर्ने नायिकाको लर्को लाग्थ्यो भने यति बेला दीपिकासँग जोडी बाँध्न नायककै लाइन लाग्न थालेको हो ।
दीपिका भने यति बेला विन डिजेलसँगै फिल्म ‘एक्सएक्सएक्स’ मा जोडी जमाउन हलिउड लागेकी छन् । उताबाट फर्केलगत्तै उनी र रणवीरको जोडीलाई साजिद नाडियाडवालाले लिनेछन्, जुन आगामी वर्ष रिलिज हुनेछ । रणवीर पनि अहिले ‘जग्गा जासुस’ मा व्यस्त छन् ।
ब्रेकअपपछि कट्रिना पूर्वप्रेमी सलमान खानसँग नजिकिइरहेका बेला रणवीर पनि पूर्वप्रेमिकासँग नजिकिन थालेका त हैनन् ?

के तपाईं प्रहरी बनेर देशको सेवा गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाईंका लागि अवसर आएको छ । नेपाल प्रहरीले जनपदतर्फको प्रहरी जवान पदका लागि ५ हजार ५ सय ४४ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले खुल्लातर्फ २ हजार ९ सय ३४ जना, मधेसी ६ सय ७२, महिला ४ सय ८०, दलित ३ सय ६०, पिछडिएको क्षेत्र १ सय २१, अमर र अशक्त प्रहरी परिवार १ सय ९ तथा आदिवासी जनजातिबाट ७ सय ६८ जनाका लागि आवेदन आह्वान गरेको छ ।
दरखास्त कहाँ कसरी ?

यी पदमा यही माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्नेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर, मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायल र सबै जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त फारम बुझाउन सकिनेछ ।
एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा भने प्रत्येक समूहका लागि २० प्रतिशत अर्थात् थप २० रुपैयाँको दरले थप दस्तुर लाग्नेछ । 
योग्यता कति ?

जवान पदमा दरखास्त दिन कम्तीमा ८ कक्षा वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने र १८ वर्ष पूरा भै २३ वर्ष ननाघेको हुनुपर्नेछ । नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय नपाएको, राजनैतिक दलको सदस्य नरहेको, आतंककारी संगठनको सदस्य नरहेको, भविष्यमा सामान्यतया: सरकारी नोकरीका निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको हुनुपर्नेछ । 
उचाइ, छाती र तौल

(क)    पुरुष– उचाइ घटीमा ५ फिट २ इन्च, छाती ३१–३३ इन्ची तौल कम्तीमा ५० किलोग्राम ।
(ख)    महिला– उचाइ घटीमा ५ फिट, तौल कम्तीमा ४२ किलोग्राम ।
(ग)    पुरुष र महिला दुवैको हकमा आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको हुनुपर्नेछ ।
दरखास्तसाथ समावेश गर्नुपर्ने कागजातहरू

क)     नेपाली नागरिकताको प्रतिलिपि १ प्रति ।
ख)     हालसालै खिचिएको दुवै कान देखिने पासपोर्ट साइजको तस्बिर ५ प्रति ।
ग)     आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति ।
घ)     आदिवासी/जनजातिका लागि नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी जनजाति भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि ।
ङ)     दलितका लागि राष्ट्रिय दलित आयोगवाट दलित भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि ।
च)     मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
छ)     पिछडिएको क्षेत्रका लागि (अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला) जिल्लामा स्थायी बसोबास गरी सम्बन्धित जिल्लाबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त पेस गर्दाका वखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भन्ने सिफारिस गरिएको पत्रको प्रतिलिपि । स्थायी बसोबास भएको जिल्लाबाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयबाट सो गर्नुपर्नाको कारण उल्लेख भएको पत्र ।
ज)     अमर/अशक्त प्रहरी परिवारका लागि अमर/अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाताप्रमाणित कागजपत्र ।
झ)     दरखास्त फारमसँग संलग्न गरी पेस गरिने कागजातहरूको प्रतिलिपिको पछाडिपट्टि सक्कलबमोजिम नक्कल ठीक छ भनी उम्मेदवार स्वयंले दस्तखत गर्नुपर्छ ।


महिनावारी रोकिने प्रमुख कारण गर्भ रहनु हो, तर गर्भ नरहेको अवस्थामा पनि महिनावारी रोकिन सक्छ । बन्ध्याकरण सही तरिकाले गरिएको अवस्थामा गर्भ रहने सम्भावना निकै कम हुन्छ ।

तपार्इंको बन्ध्याकरण कहिले भयो, पत्रमा उल्लेख गरिएको छैन । तपाईंको उमेर ४० वर्ष मात्र रहेछ । ४० वर्षमै महिनावारी सुक्ने सम्भावना निकै कम हुन्छ तर सुक्दैन भन्न मिल्दैन । यसबाहेक महिनावारी रोकिनुका पछाडि पाठेघर तथा हार्मोनहरूमा देखा पर्न सक्ने गडबडीहरू पनि कारण हुन सक्छन् । एकपटक स्त्रीरोग विशेषज्ञसँग परीक्षण गराउनुहोला । 
डा. बालकृष्ण साह
माघ २६, २०७२- 

    तनाव लिने व्यक्तिमा मौसमी एलर्जीको लक्षण बढी पाइन्छ । तनावमुक्त हुनुका साथै पूरा निन्द्रा सुत्नुपर्छ । 
    प्रदूषित वातावरणमा हिँड्डुल गर्नु मौसमी एलर्जीको कारण बन्नसक्छ ।  

    मौसमी एलर्जीबाट जोगिन जाडो याममा तातो पानीले लुगा धुनु उपयुक्त हुन्छ ।

    एजर्लीका कारण कुनै औषधी सेवन गरिरहेकाहरूले राति सुत्नुअघि उक्त औषधी नियमित रूपमा सेवन गर्नुपर्छ । 

    जसलाई एलर्जीको समस्या छ, उनीहरूले बाहिरबाट आएपछि नुहाउनु उपयुक्त हुन्छ ।
मौसमी एलर्जीवाट बचौं

माघ २६, २०७२- 

बलिउड अभिनेत्री सोनाक्षी सिन्हासमक्ष उनका एक्स ब्वाइफ्रेन्ड बन्टी सचदेवले विवाहको प्रस्ताव गरेका छन् । सोनाक्षी र बन्टी त्यतिबेला प्रेममा थिए, जतिबेला सोनाक्षी बलिउडमा प्रवेश गर्ने तरखरमा थिइन् । पछि सोनाक्षीको व्यस्त सेड्युअलका कारण उनीहरूबीच दूरी बढ्दै गयो र ब्रेकअप भयो ।

चलचित्रमा काम गर्ने क्रममा सोनाक्षीको नाम शाहिद र अर्जुन कपुरजस्ता अभिनेतासँग जोडियो तर रोचक कुरा, एकपटक फेरि सोनाक्षी र बन्टीको निकटता बढ्दै गएको छ । बन्टी सीमा सचदेवका भाइ तथा अभिनेता सोहेल खानका साला हुन् । उनी सेलिब्रेटी म्यानेजरका रूपमा काम गर्छन् । बन्टीले आफ्नी श्रीमतीसँग सम्बन्ध–विच्छेद गरिसकेका छन् । बन्टीको सोनाक्षीभन्दा पहिले सुस्मिता सेन तथा नेहा धुपियासँग अफेयर थियो । हालै एक वैवाहिक समारोहमा सोनाक्षी र बन्टीलाई एकसाथ देखिएको थियो । त्यसपछिका धेरै समारोहमा साथै देखिन थालेपछि उनीहरूको सम्बन्ध नजिकिएको अनुमान गरिएको हो । 

एजेन्सी
Feb 9, 2016-
 Superstar Salman Khan, who is prepping for his upcoming film "Sultan", looks clean-shaven yet rugged in the Ali Abbas Zafar directorial.
The film's first look saw the "Dabangg" star flaunt his fit physique and moustachioed get-up. The latest look shared by the actor shows him in a completely different light.
In the image, the actor's look has a subtle ruggedness to it. His eyes look very intense and focussed for his role as a wrestler in the film. And while he sports a clean-shaven look, his face is smeared with mud and blood. 
He can also be seen holding a fist full of sand, which hints he is in a wrestling arena or an "akhaada".
"SultanTheMovie," Salman captioned the image.
Salman has gone through intensive training for wrestling and mixed martial arts for Zafar's directorial with international action director Larnell Stovall. 
The film also stars Anushka Sharma, who will be seen sharing screen space with the "Wanted" star for the first time.
Produced by Aditya Chopra under his Yash Raj Films banner, "Sultan" is slated to hit the screens on Eid this year.

माघ २६, २०७२-
 एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ । नौ दिनदेखि ज्वरोले थलिएका उनको सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा र्‍याल परीक्षणपछि स्वाइन फ्लू  भएको खुलेको हो ।
चिकित्सको सल्लाह अनुसार उनको निवासमै उपचार भइरहेको सहयोगी सुसन कम्रचार्यले बताइन । नौ दिनदेखि ज्वरो आउने र खोकी लागेपछि ग्वार्काेस्थित किष्ट अस्पतालमा परीक्षण गराएका थिए । ' छातीमा इन्फेक्सन भएको थियो,' सुसनले भनिन,' टाइफाइडको अनुमान गरेका थियौं । खकार परीक्षण गरेपछि मात्रै साइनफलू भएको थाहा भयो ।' घरमै उपचार भइरहेको उनले बताइन । अरुलाई सर्ने भएकोले भेट्न प्रतिबन्ध लगाएको छ । सोमबारदेखि औषधि सुरु गरेपछि मंगलबारबाट सुधार भएको उनले बताइन ।

माघ २६, २०७२
 पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधन निमोनियाँलगायत रोगका कारण भएको चिकित्सकहरूले बताएका छन् ।

कोइरालाको उपचारमा संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा.करवीरनाथ योगीका अनुसार मुख्य रूपमा निमोनियाँले गर्दा कोइरालाको निधन भएको हो । कोइरालालाई ५ साताअघिसमेत रुघाखोकीको समस्या देखिएको थियो । चार साताअघि निमोनियाँ भएपछि एन्टिबायोटिकले उपचार गरेर नियमित अक्सिजन दिइराखिएको थियो ।
डा.योगीले कोइरालाको मृत्युको कारकमा दम (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज-सिओपिडी) को तीव्र प्रकोप, सामुदायिक कारणले हुने निमोनियाँले गर्दा भएको श्वासप्रश्वाससम्बन्धी असफलता, क्षयरोग, विकिरण उपचारले हुने पोस्ट रेडिएसन फाइब्रोसिस र फोक्सो खुम्चिने समस्या (इन्टरस्टिटल लङ डिजिज-आईएलडी) लगायत रहेको बताए ।
जिब्रो र फोक्सोको क्यान्सर भए पनि उचित उपचारपछि कोइराला पछिल्लो समय क्यान्सरमुक्त थिए । चार-पाँचवटा पुरानो रोगबाट प्रभावित रहेका कोइरालामा ३ दिनअघि रुघा, नाकबाट पानी आउने, खोकी, ज्वरोलगायत समस्या देखिएका थिए । उनको खुट्टासमेत सुन्निएको थियो । यसैले कोइरालाको इको, इसिजिलगायत मुटुरोग विशेषज्ञसँग समेत देखाइएको डा.योगी बताउँछन् ।
'उहाँलाई निमोनियाँको उपचारका क्रममा तीनवटा एन्टिबायोटिक चलाइएको थियो,' डा.योगीले भने, 'नियन्त्रणमा नआए अस्पताल नै भर्ना गर्ने मनसायले त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बरको बेडसमेत बुक गरिएको थियो ।'

तर सोमबार बिहान कोइरालाले एक कचौरा खाना खाए । अनि दिउँसो फेरि कर गर्दा दुई कचौरा खाए । 'राम्रो हुँदै गएको छ भन्ने भयो, अरू भाइटल्स (जीवनका लागि आवश्यक संकेत) पनि राम्रै थियो,' डा.योगीले भने, 'त्यसपछि खाना खान थाल्नुभयो, निको हुँदै गएकाले भर्ना नगरौं भनेर शशांक दाइ, हामीहरूबीच सल्लाह भएर टिचिङको बेड क्यान्सिल गरायौं ।'
यसपछि कोइरालालाई अस्पताल भर्ना गरिएन । डा.योगीले सोमबार साँझसमेत गएर कोइरालालाई हेरेर करिब पौने १० बजेपछि घर फर्के । कोइरालासँगै रहेका भतिजा अतुल कोइरालाले सोमबार राति नै फेरि डा.योगीलाई फोन गरेर अक्सिजनको स्याचुरेसन घट्न थालेकाले एकचोटि हेर्न आग्रह गरे ।
'मैले अतुललाई अक्सिजन अलि बढाउनुस् म आउँछु भने,' डा.योगीले भने, 'म पुग्दा प्रेसर पनि धेरै घटिसकेको थियो, अक्सिजन पनि धेरै कम ६० को रेन्जमा पुगिसकेको थियो । बेसुर जस्तै हुनुहुन्थ्योे ।'
आफूले एन्टिबायोटिकको एक डोज इन्जेक्सन लिएर गएको जनाउँदै डा.योगीले भने, 'एन्टिबायोटिक लगाएँ, निगरानी गर्दा सुधार नै भएन, खुब प्रयास गरियो ।'

सुई लगाउनु सँगै एम्बुलेन्सका लागि फोनसमेत गरेको डा.योगीले बताए । आफूले कार्डिक पल्मोनरी रिसिटेसन (सिपिआर) गरे पनि केही काम नलागेर १२ बजेर ५० मिनेटमा कोइरालाको निधन भएको डा.योगीले जनाए ।
कोइरालाको मृत्युको कारण निमोनियाँ नै रहेको आकलन डा.योगीको छ । कोइरालालाई अस्पताल नलैजान पारिवारिक दबाब थियो कि भन्ने जिज्ञासामा योगीले भने, 'हस्पिटल नलैजान भनेर पारिवारिक दबाब केही थिएन, स्थितिमा सुधार नदेखिए भर्ना गर्न भनेर नै बेड बुक नै गरिएको हो ।'

अस्पताल भर्ना गर्नुपर्थ्यो
केही चिकित्सकहरूले फोक्सोको जटिल समस्यासँगै निमोनियाँ देखिएका कोइरालालाई अस्पताल भर्ना गरेर उपचार गरेको भए राम्रो हुने उल्लेख गरेका छन् ।  कोइराला बस्ने ठाउँभन्दा १० मिनेटको समयमा पुग्ने शिक्षण अस्पताल, गंगालाल राष्ट्रिय हृदय केन्द्र आदि रहेको उल्लेख गर्दै उनीहरूले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तित्वलाई अस्पताल नलगेर घरमै बित्नु दुःखद स्थिति रहेको औंल्याएका छन् ।

'फोक्सोको समस्या भएकाहरूलाई जति बेला पनि भेन्टिलेटर, आईसियुलगायतका संरचनामा राख्नुपर्ने स्थिति आउँछ,' एक चिकित्सकले भने, 'जटिल दमको बिरामीको हृदयाघातबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले अस्पतालमा राखेरै उपचार गर्नु राम्रो मानिन्छ ।'
- kantipur daily 



"X-Men" star Hugh Jackman said on Monday he had another skin cancer growth removed from his nose, and urged people to wear sunscreen.
Jackman, 47, posted a photo on his Instagram account, showing a bandage across his nose. It was the Australian actor's 5th known basal cell carcinoma removal since 2013.
"An example of what happens when you don't wear sunscreen. Basal Cell. The mildest form of cancer but serious, nonetheless. PLEASE USE SUNSCREEN and get regular check-ups," Jackman wrote on the Instagram post.
Jackman, who also starred in the movie musical "Les Miserables," has, in the past, attributed his condition to not having used sunscreen while growing up in Australia.
He now gets checkups every three months, and has launched a range of sunscreens for children.
Basal cell carcinoma is the most common form of skin cancer, afflicting more than 90 percent of U.S. skin cancer patients. Such carcinomas rarely spread, but if not removed, may damage or disfigure the surrounding tissue.
n x'g]jf;
;/
sf/
n]
JoQm u/

12th South Asian Games
Nima Gharti Magar secures first gold medal for Nepal

Nepali Wushu player Nima Gharti Magar has won the first gold medal for Nepal in the 12th South Asian Games on Monday.
The 16-year-old outranked all of her competitors to win the gold medal in the Wushu chang quan under taulo category.

The medal tally for Nepal has now reached 11.




Gaurika adds another medal for Nepal, third for herself 

Thirteen year old Nepali swimming sensation has kept up her medal winning run in the ongoing 12 South Asian Games, adding another bronze medal to her name in the 400 metres free style category on Tuesday.
Gaurika broke the national record set by her fellow teammate Sophia Shah completing the 400 metre swim in 5.97.91 minute. She had earlier won a bronze medal for Nepal in the 150 metre breast-stroke category.
Likewise, Nepali archer Prem Prasad Pun also secured a bronze medal in singles category after defeating his Sri Lankan competition 3-0.
Nepal’s medal tally with today’s two bronze medal has reached 17.

Monday, February 8, 2016

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन      

MONDAY, FEBRUARY 8, 2016

 
काठमाडौं-पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२:५० बजे निधन भएको छ। महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको कोइराला निकट पारिवारिक श्रोतले जानकारी दियो।
चेन्जिङ वेदरले ब्रोङ्काइटिसमा निमोनिया विकास भएपछि उनको अचानक हृदय घातबाट मृत्यु भएको कोइरालाका निजि चिकित्सक डा करबिरनाथ योगीले जानकारी दिए। एकमहिनायता कोइरालालाई यस्तो समस्या देखिएपछि तीन प्रकारका एन्टी बायोटिक सँगै चलाइएको उनले जानकारी दिए। ‘सोमबार बेलुकासम्म स्थिति सामान्य नै थियो, अक्सिजनको मात्रा बढाइएको थियो।’ योगीले भने ‘सोमबार साँझ खानपान सामन्य थियो। एक्कसी अवस्था बिग्रदै गयो र १२ः५० बजे वहाँको निधन भयो।’
-Nagariknews

Sunday, February 7, 2016

Health Benefits of Lemon Water

1. Boosts immune system: Because of its rich Vitamin-C content, lemon water strengthens your immune system and helps prevents illness. Vitamin-C also has healing properties.
2. Supports the digestive system:
Lemon water helps your liver to produce bile which digests fat for easier absorption and elimination.

3. Promotes clear skin: Your inner health is reflected on the surface of your skin. Depending on what you feed your body, what you eat or drink may nourish or be harmful to your skin. Drinking lemon water effectively cleans your bowel of harmful waste and toxins so that with regular consumption, your skin will be healthy and blemish-free.
4. Assists with weight loss: A regular intake of lemon water promotes elimination, and it has also been studied that lemon can help you lower the absorption of sugars from the food you eat simply because of its high acidic content

 #innovativeleaderssamaj

Popular Posts

Recent Posts

Text Widget