Monday, February 8, 2016

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन      

MONDAY, FEBRUARY 8, 2016

 
काठमाडौं-पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२:५० बजे निधन भएको छ। महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको कोइराला निकट पारिवारिक श्रोतले जानकारी दियो।
चेन्जिङ वेदरले ब्रोङ्काइटिसमा निमोनिया विकास भएपछि उनको अचानक हृदय घातबाट मृत्यु भएको कोइरालाका निजि चिकित्सक डा करबिरनाथ योगीले जानकारी दिए। एकमहिनायता कोइरालालाई यस्तो समस्या देखिएपछि तीन प्रकारका एन्टी बायोटिक सँगै चलाइएको उनले जानकारी दिए। ‘सोमबार बेलुकासम्म स्थिति सामान्य नै थियो, अक्सिजनको मात्रा बढाइएको थियो।’ योगीले भने ‘सोमबार साँझ खानपान सामन्य थियो। एक्कसी अवस्था बिग्रदै गयो र १२ः५० बजे वहाँको निधन भयो।’
-Nagariknews

1 comment:

Popular Posts

Recent Posts

Text Widget