माघ २६, २०७२-
एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ । नौ दिनदेखि ज्वरोले थलिएका उनको सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा र्याल परीक्षणपछि स्वाइन फ्लू भएको खुलेको हो ।
चिकित्सको सल्लाह अनुसार उनको निवासमै उपचार भइरहेको सहयोगी सुसन कम्रचार्यले बताइन । नौ दिनदेखि ज्वरो आउने र खोकी लागेपछि ग्वार्काेस्थित किष्ट अस्पतालमा परीक्षण गराएका थिए । ' छातीमा इन्फेक्सन भएको थियो,' सुसनले भनिन,' टाइफाइडको अनुमान गरेका थियौं । खकार परीक्षण गरेपछि मात्रै साइनफलू भएको थाहा भयो ।' घरमै उपचार भइरहेको उनले बताइन । अरुलाई सर्ने भएकोले भेट्न प्रतिबन्ध लगाएको छ । सोमबारदेखि औषधि सुरु गरेपछि मंगलबारबाट सुधार भएको उनले बताइन ।





0 comments:
Post a Comment