Tuesday, February 9, 2016
6:06 PM
Unknown
No comments
दीपिका पादुकोणसँग यति बेला पुन: रणवीर कपुरले जोडी बाँध्ने भएका छन् । गर्लफ्रेन्ड कट्रिनासँगको रिलेसन ब्रेकअप गरेका रणवीर दीपिकासँग रियलमा नभई रिलमा जोडी बाँध्न लागेका हुन् । त्यसो त लगातार फ्लप फिल्म दिएर करिअर ध्वस्त भएका रणवीरलाई पूर्वप्रेमिका दीपिकासँगकै ‘तमाशा’ जोडीले ब्युँताउने काम गरेको थियो । यिनै दुईको फिल्म ‘ए जवानी है दिवानी’ ले पनि व्यावसायिक सफलता हात पारेको थियो ।
बलिउडमा एकपछि अर्को सफलता चुमिरहेकी दीपिकाको रणवीरसँग ब्रेकअप भएपछि अर्का रणवीर सिंहले रिलेसनमा चान्स मारेका थिए । त्यसपछि उनलाई पनि दीपिका लक्की चार्म सावित भइरहेकी छन् । कुनै बेला नायकसँग जोडिएर काम गर्ने नायिकाको लर्को लाग्थ्यो भने यति बेला दीपिकासँग जोडी बाँध्न नायककै लाइन लाग्न थालेको हो ।
दीपिका भने यति बेला विन डिजेलसँगै फिल्म ‘एक्सएक्सएक्स’ मा जोडी जमाउन हलिउड लागेकी छन् । उताबाट फर्केलगत्तै उनी र रणवीरको जोडीलाई साजिद नाडियाडवालाले लिनेछन्, जुन आगामी वर्ष रिलिज हुनेछ । रणवीर पनि अहिले ‘जग्गा जासुस’ मा व्यस्त छन् ।
ब्रेकअपपछि कट्रिना पूर्वप्रेमी सलमान खानसँग नजिकिइरहेका बेला रणवीर पनि पूर्वप्रेमिकासँग नजिकिन थालेका त हैनन् ?
Subscribe to:
Post Comments (Atom)




0 comments:
Post a Comment